
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले स्वर्ण जितेको छ। पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार आर्मीलाई सोझो सेटमा पराजित गरेको हो। पहिलो सेट २५–२१ ले एपीएफको पक्षमा रह्यो। दोस्रो सेट प्रतिस्पर्धात्मक हुँदाहुँदै एपीएफले २७–२५ ले जित्यो। तेस्रो सेट पनि उत्तिकै रोचक बन्दा एपीएफले तेस्रो सेट पनि २६–२४ टुंग्याउँदा आर्मीले रजतमा चित्त बुझायो।…
नवौं राष्ट्रि खेलकुद प्रतियोगिता अन्तर्गत महिलातर्फ लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ। विभागीय टिम नेपाल आर्मीलाई १८–१६ ले पराजित गर्दै लुम्बिनी प्रदेशले स्वर्ण पदक पाएको हो। विभागीय आर्मीले रजत पदक जित्यो। राउन्ड रोबिन लिग आधारमा भएको खो:खो: प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिमले कास्य पदक जितेको छ। पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा तेस्रो स्थानका लागि भएको स्पर्धामा महिलातर्फ…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा भएको खो:खो: प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ। विभागीय टिम आर्मीले लुम्बिनी प्रदेशलाई १४–१० को अंकले हराउँदै स्वर्ण पदक हात पारेको हो। पुरुषतर्फ बागमतीले प्रदेश–१ लाई नै हराउँदै कास्य पदक जित्यो। बागमतीले २८–७ अंकले प्रदेश–१ लाई पराजित गरेको हो। असोज ३० देखि सुरु भएको प्रतियोगितामा २…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज (बिहीबार) अन्तिम दिन। एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिताको समापन कार्यक्रम गर्दैछन्। प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्काअनुसार बिहीबार दिउँसो २:३० बजेपछि पोखरा रंगशालामा गरिने समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएको छ। यसअघि, गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए। समापन समारोहमा विभिन्न सांस्कृतिक…
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका अवसरमा पोखरा महानगरले आज (बिहीबार) एक दिन विशेष बिदा दिएको छ। महानगरले एक सूचना जारी गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि महानगरपालिकाका महाशाखा तथा शाखा, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीमा दिउँसो १ बजेपछि विशेष बिदा दिइएको जनाएको छ। महानगरले समापन समारोहमा महानगरपालिकाअन्तर्गतका सम्पूर्ण…
विभागीय नेपाल प्रहरी टिम नवौं राष्ट्रिय खेलुकदअन्तर्गत टेबलटेनिसमा च्याम्पियन भएको छ। पोखरामा बुधबार सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो। प्रतियोगितामा प्रहरीले ६ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै टिम च्याम्पियन बन्न सफल बन्यो। बलियो प्रतिष्पर्धीका रुपमा रहेको शसस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ कास्य पदक जित्दै दोस्रो…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको बक्सिङ प्रतियोगितामा त्रिभूवन आर्मी क्लव ११ स्वर्णसहित च्याम्पियन बन्न सफल भएको छ। एपीएफले ४, बागमतीले ३, एनआरएनले २, गण्डकी प्रदेश, प्रदेश नं.१ र नेपाल पुलिसले समान १–१ स्वर्ण जितेको छ। प्रतियोगिताअन्तर्गत ४८ केजी तौल समूहमा आर्मीका सुशील थापाले स्वर्ण पदक जिते। उनले वागमती प्रदेशका रवीन थापालाई ५–० ले हराउँदै…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मीका रामप्रसाद थारुले एथलेटिक्स पुरुष ४०० मिटर हडल्समा स्वर्ण पदक जितेका छन्। थारुले ४ सय मिटर ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते। आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते। एपीएफका तिरप्रताप महतोले ५३.९२ सेकेन्डमा पार गर्दै कास्य पदक जिते।
पुलिसकी चन्द्रकला लाम्गादेले एथलेटिक्स महिला ज्याभ्लिन थ्रोमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनले बुधबार ४७.६० मिटर मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन्। यसअघि यो कीर्तिमान आर्मीकी लक्ष्मी थारुको नाममा थियो। आठौं राष्ट्रिय खेलकुदमा उनले ४५.२७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन्। सोही इभेन्टमा आर्मीकी लक्ष्मी थारुले ४५.५६ मिटर थ्रो गर्दै रजत पदक जितिन्।…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ज्याभ्लिन थ्रोमा त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जितेको छन्। उनले बुधबार बिहान पोखरा रंगशालामा ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन्। एपीएफका रमेश पोख्रेलले रजत र मनोज डगौंराले कास्य पदक जिते। पोख्रेलले ५५.४३ र डगौंराले ५३.३९ मिटर थ्रो गरे।