Author Archive »

राष्ट्रिय खेलकुद: गण्डकीलाई टेनिस मेन्स डवल्समा स्वर्ण

गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिस मेन्स डवल्समा स्वर्ण पदक जितेको छ। पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले स्वर्ण पदक हात पारेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय टोली आर्मीका प्रनभ खनाल र अकि जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरेको हो। सुपरटाइमा निर्धारण भएको नतिजामा पहिलो सेट गण्डकीको…

राष्ट्रिय खेलकुद: प्रदेश–१ लाई सफ्ट टेनिस मिक्स डबल्समा स्वर्ण

प्रदेश–१ ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सफ्ट टेनिस मिक्स डबल्समा स्वर्ण जितेको छ। पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सम्पन्न सफ्ट टेनिस प्रतियोगितामा प्रदेश–१ ले स्वर्ण पदक जितेको हो। प्रतियोगितामा प्रदेश–१ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जिया चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेको हो। प्रतियोगितामा बागमतीले…

नवौँ राष्ट्रिय खेलकुद: एथलेटिक्स पुरुष ८०० मिटर दौडमा सोमबहादुर र फूलमतीलाई स्वर्ण

एथलेटिक्स ८०० मिटर दौडमा पुरुषतर्फ विभागीय आर्मीका सोमबहादुर कुमाल र महिलातर्फ पनि विभागीय एपीएफकी फूलमति रानाले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा बुधबार बिहान भएको दौडमा पुरुषतर्फ निर्धारित दूरी १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै आर्मीका सोमले स्वर्ण जितेका    हुन्। उक्त स्पर्धामा पुलिसका तेजबहादुर कार्कीले रजत र आर्मीकै सुनिल सुनारले कास्य पदक जिते।…

राष्ट्रिय खेलकुद: आइटीएफ तेक्वान्दोमा आर्मीलाई ११ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटीएफ तेक्वान्दो प्रतियोगितामा ७४ पदकको टुंगो लागेको छ। प्रतियोगिता अन्तर्गत बागलुङमा भएको खेलमा २५ स्वर्ण, २५ रजत र २४ कास्य पदकको छिनोफानो भएको हो। प्रतियोगितामा ११ स्वर्ण, ७ रजत र २ कास्यसहित विभागीय टिम आर्मी सबैभन्दा अगाडि छ। प्रतियोगितामा दोस्रो स्थान बनाउँदै गण्डकी प्रदेशले ५ स्वर्ण, ५ रजत र १…

राष्ट्रिय खेलकुद: डब्ल्यूटीएफ तेक्वान्दोमा पुलिस च्याम्पियन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत डब्ल्यूटीएफ तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लव च्याम्पियन बनेको छ। म्याग्दीको बेनीमा सम्पन्न डब्ल्यूटीएफ तेक्वान्दो खेलमा ११ स्वर्ण, ४ रजत र १ कास्य पदकसहित प्रहरी च्याम्पियन बनेको हो। त्यस्तै, ७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको आर्मी दोस्रो र ३ स्वर्ण, २ रजत र ९ कास्य पदक…

राष्ट्रिय खेलकुद: जुडोमा आर्मीलाई ४ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मीका खेलाडीले जुडोमा ४ स्वर्ण पदक जितेका छन्। प्रतियोगिताअन्तर्गत ७ इभेन्टमा खेल सम्पन्न भएकोमा आर्मीका खेलाडीले ४ स्वर्ण पदक जितेका हुन्। पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा भएको खेलमा ४ स्वर्ण जित्दै आर्मी शीर्षस्थानमा छ। आर्मीले ३/३ रजत र कास्य पदक पनि जितेको छ। पुलिसका खेलाडीले आर्मीलाई पछ्याउदै ३ स्वर्ण पदक…

राष्ट्रिय खेलकुद: महिला ५००० मिटर दौडमा सन्तोषीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्स महिला ५००० मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन्। उनले पोखरा रंगशालामा बुधबार बिहान निर्धारित दूरी १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन्। पुलिसकी राजपुरा पछाइले १७ मिनेट १२.०५ सेकेन्डमा पूरा गर्दै रजत पदक जितिन्। आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १८ मिनेट ०३ सेकेन्डमा निर्धारित दुरी…

राष्ट्रिय खेलकुद: महिला हक्कीमा टाइब्रेकरमा आर्मीलाई स्वर्ण, गण्डकीलाई रजत

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला हक्कीमा विभागीय टोली नेपाल आर्मी विजयी भएको छ। फाइनल खेलको टाइ ब्रेकरमा गण्डकीलाई ३–० को गोल अन्तरले हराउँदै आर्मी विजयी भएको हो। टाइब्रेकरमा आर्मीको लागि सीता कुमारि चौधरी, सरस्वती तामाङ, सीता माया बलले गोल गरे। त्यसअघि, खेलको ९ औं मिनेटमा नेपाल आर्मीको तर्फ सरस्वती तामाङले १ गोल गरेकी थिइन्। त्यसको…

राष्ट्रिय खेलकुद: आर्मीकी जयरानीलाई एथलेटिक्समा ५ स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सका ५ इभेन्टमा त्रिभुवन आर्मीकी जयरानी थारुले ५ स्वर्ण पदक जितेकी छन्। उनले टिम इभेन्टमा २ र सिंगलमा ३ स्वर्ण जितेकी हुन्। ४०० मिटर महिला हडल्स, १०० मिटर महिला हडल्स, महिला लङजम्पतर्फ सिंगल र ४०० मिटर रिले दौड र १६०० मिटर रिले दौडमा जयरानीसहितको टिम विजयी बन्यो। ४०० मिटर हडल्स, १०० मिटर…

राष्ट्रिय खेलकुद: टेनिसमा आर्मी च्याम्पियन

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसमा विभागीय नेपाली सेनाले ४ स्वर्ण सहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ। यसैगरी, गण्डकी प्रदेशले ३ स्वर्ण र २ कास्य सहित ५ पदक जित्न सफल भयो। बागमती प्रदेशले ४ रजत र १ कास्य पदक जित्दा सशस्त्र प्रहरीले ३ रजत र १ कास्य पदक जित्यो। नेपाल प्रहरीले १ रजत र…