Author Archive »

ढुक्क हुनुहोस, पोखरामा अब ‘ढुक्क’ एपमार्फत् होम सर्भिस र डेलिभरी सेवा पाइन्छ

पोखरामा होम सर्भिस र डेलिभरीको एप नेटवर्क संचालनमा आएको छ। एचटी मल्टिप्रपोज प्रालिले संचालनमा ल्याएको ‘ढुक्क’ एपमार्फत होम सर्भिस, डेलिभरी तथा यातायातको सेवा पाउन सकिन्छ। कम्पनीले पत्रकार सम्मेलन गरेर पोखरा लगायत काठमाण्डौं र चितवनमा ‘ढुक्क’ एपमार्फत होम सर्भिस, डेलिभरी तथा यातायातको सेवा पाउन सकिने जनाएको छ। एपमार्फत होम सर्भिस, डेलिभरी तथा यातायातको सेवाको साथै स्मार्ट…

बागलुङ काँग्रेसबाट प्रतिनिधिसभातर्फ २० जना सिफारिस

आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङले प्रतिनिधि सभा र प्रदेश सभाका लागि संभावित उम्मेदवादहरु सिफारिस गरेको छ। नेपाली काँग्रेसले प्रतिनिधिसभा क्षेत्र नम्वर १ तर्फ १० जनाको नाम सिफारिस गरेको छ। त्यस्तै, प्रदेशसभा क्षेत्र नम्वर १ ‘क’ तर्फ १६ जनाको नाम सिफारिस गरेको बागलुङ काँग्रेस श्रोतले जनाएको छ। प्रतिनिधिसभातर्फ…

एमाले बागलुङ–१ बाट प्रतिनिधि सभामा ६ जनाको सिफारिस

नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङ क्षेत्र नं. १ बाट ६ जनालाई संभावित उमेदवारको रुपमा सिफारिस गरेको छ। आइतबारको बैठकले मनकुमारी केसी, ईन्द्रलाल सापकोटा, सूर्य पाठक, सावित्री राना, संजाल शर्मा र राम शर्मालाई संभावित उम्मेदवारका रुपमा छनोट गरेको हो । केसी र पाठक बहालवाला सांसद हुन् भने केसी समानुपातिक र पाठक प्रत्यक्ष निर्वाचित सांसद…

एमाले बागलुङ–१ को प्रदेशसभाका उम्मेदवार सिफारिस

नेकपा एमाले बागलुङले आगामी मंसीर ४ गते हुने प्रदेशसभा तर्फको निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ। मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा तर्फको लागि उमेदवार सिफारिस गर्न बसेको नेकपा एमालेको बैठकले प्रदेशसभा तर्फको उमेदवारको नाम सिफारिस गरेको हो। प्रदेशसभा क्षेत्र नम्वर १ (क) का लागि ४ जना र (ख) का लागि संभावित ४…

कास्की ३ मा एमालेबाट ९ जना सिफारिस

कास्की ३ मा प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट सांसद जगत विश्वकर्मासहित ९ जनाको नाम सिफारिस गरिएको छ । विश्वकर्मासहित देवीप्रसाद सुवेदी, गणेशमान गुरुङ, पुण्यप्रसाद पौडेल, जगन्नाथ बास्तोला, सुरेन्दमानसिंह भण्डारी, शिवकुमार पौडेल, विवेक त्रिपाठी र भरत पराजुलीको नाम सिफारिस भएको एमाले कास्कीले जनाएको छ। विश्वकर्मा २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुँदै सांसद बनेका थिए।

पत्रकार कमल पौडेल ‘अथक’ लाई पोखरा यातायात पत्रकारिता पुरस्कार

पोखराका पत्रकार कमल पौडेल ‘अथक’ पोखरा यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन्। पोखरा यातायात प्रालिको चौथो साधारणसभाको अवसरमा ‘अथक’लाई सो पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशी नगद २५ हजार रुपैया नगद, दोसल्ला र सम्मान पत्र रहेको छ। ‘अथक’ विगत २ दशकभन्दा बढी पोखराको पत्रकारितामा कृयाशील छन्। रेडियो, पत्रिका, टेलिभिजनमा लामो समयसम्म काम…

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानलाई ‘आइएसओ’को प्रमाणपत्र

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (जीपीटीए) ले प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृतस्तरका कर्मचारीका लागि सेवाकालीन तालिम सुरु गरेको छ। सातवटै प्रदेशमध्ये गण्डकीले पहिलोपटक यस्तो तालिम सुरु गरेको हो। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार उक्त तालिमको उद्घाटन गरेका छन्। मुख्यमन्त्री पोखरेलले उक्त अवसरमा प्रतिष्ठानले प्राप्त गरेको आइएसओ ९०००१: २०१५ को प्रमाणपत्र पनि सार्वजनिक गरे। प्रतिष्ठानले निश्चित…

किरण गुरुङले प्रदेश छाडे, प्रतिनिधिसभामा सिफारिस

नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङलाई तनहुँबाट प्रदेशसभा छाडेर प्रतिनिधिसभामा सिफारिस गरिएको छ। तनहुँ जिल्ला क्षेत्र नं २ एमालेको क्षेत्रीय कमिटी गुरुङलाई प्रतिनिधिसभाबाट सोही निर्वाचन क्षेत्रका लागि सिफारिस गरेको हो। यसअघि, गण्डकी प्रदेशका मन्त्री समेत रहेका गुरुङ स्वयंले यसपालीको प्रतिनिधिसभाको निर्वाचनमा ईच्छा देखाएको तनहुँ एमाले श्रोतले बताएको छ। यसअघि, मुख्यमन्त्री बन्ने मोहसहित गुरुङ तनहुँको…

तनहुँ १ मा एमालेबाट एकबहादुर राना सर्वसम्मत सिफारिस

आगामी मंसीर ४ गते हुने निर्वाचनमा तनहुँ–१ बाट नेकपा एमालेका एकबहादुर रानालाई सर्वसम्मत सिफारिस गरिएको छ । एमालेको तनहुँ –१ क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले रानामगरलाई सर्वसम्मतरुपमा उम्मेदवार बनाउने निर्णय गरेको तनहुँ एमाले श्रोतले बताएको छ । यस्तै, प्रदेशसभाका लागि तनहुँ –१ (क) बाट कुलबहादुर थापा, तुलसीराम पाण्डे, निलमसञ्जिवा श्रेष्ठ, रामबहादुर गुरुङ, प्रदीपराज अधिकारी, मायानाथ…

तनहुँ–२ प्रदेशसभा (क) मा माओवादी केन्द्रबाट ७ जनाको दावी

आसन्न मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तनहुँ–२ बाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका आकांक्षी उमेदवारबारे छलफल चलाइएको छ। हालैमात्र तनहुँको दुलेगौंडामा बसेको नेकपा माओवादी केन्द्र प्रतिनिधि सभा क्षेत्र नं. २, क्षेत्रीय समन्वय समितिको बैठकले सम्भावित उमेदवारबारे छलफल चलाएको हो। बैठकमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ आशा कोइरालाले र समानुपातिकमा शम्भुबहादुर अधिकारीले उमेदवारी…