Author Archive »

नेपालले केन्याविरुद्धको एक खेलअघि नै शृंखला जित्यो

दोस्रो एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई १६ रनले हराएको छ। नेपालले दिएको २ सय ३१ रन लक्ष्य पछ्याएको केन्या ४६ ओभर ३ बलमा २ सय १४ रनमा अलआउट बन्यो । केन्याका लागि रकिप पटेलले ८१, कोलिन्स ओबुयाले ३७ र नेल्सन ओधियाम्बोले २८ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले ३ तथा…

नवौं राष्ट्रिय खेलकुद: गण्डकीबाट बक्सिङतर्फको छनोट सकियो

आगामी नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि बक्सिङतर्फको गण्डकी प्रदेशस्तरिय छनोट प्रतियोगिता सकिएको छ। पोखरामा भएको अन्तिम छनोट खेलमा विभिन्न तौल समुहमा महिला तथा पुरुष खेलाडीहरु छनौट भएका छन्। जसमध्ये पुरुषतर्फ ४८ केजी तौल समूहमा दर्शन गुरुङ (कास्की), ५१ तौल समूहमा विपिन गुरुङ (तनहुँ ), ५४ केजी तौल समूहमा उपाश गुरुङ (नवलपुर), ५७ मा बुद्ध…

नवौं राष्ट्रिय खेलकुद: गण्डकीबाट फुटबलमा स्याङ्जा र नवलपुरको जित

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय महिला फुटबलमा स्याङ्जा र पुरुष फुटबल तर्फ नवलपुरले जितेको छ । पोखरा रंगशालाको बी ग्राउन्डमा सम्पन्न खेलमा स्याङ्जाले कास्कीलाई ५–० गोल गर्दै स्याङ्जाले जित निकालेको हो। स्याङ्जाको जितमा पुष्पा गुरुङले खेलको १२ औ मिनेटमा गोलको खाता खोलेकी थिइन्। त्यस्तै खेलको २२ औ मिनेटमा टिम क्यापटेन शुष्मा जिटीले…

नवौं राष्ट्रिय खेलकुद: आइटीएफ तेक्वान्दोमा बागलुङ टिम च्याम्पियन

प्रदेश खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत बागलुङ जिल्ला टिम च्याम्पियन भएको छ। पोखरामा सम्पन्न प्रतियोगिताम बागलुङले १७ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरी टिम च्याम्पियन भएको हो। यसैगरी, तनहुँ ४ स्वर्ण, १ रजत र ३ कास्य सहित दोश्रो र स्याङजा ३ स्वर्ण, ४ रजत र ५ कास्य पदक प्राप्त गरी तेश्रो भएको छ।…

नवौं राष्ट्रिय खेलकुद : गण्डकीबाट एथलेटिक्समा कास्की पहिलो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरिय एथलेटिक्समा ९ वटा स्वर्ण पदक जित्दै कास्की प्रथम भएको छ। पोखरा रंगशालामा शनिबार सम्पन्न एथ्लेटिक्सको विभिन्न स्पर्धामा कूल ९ स्वर्ण पदक जित्दै कास्की प्रथम बनेको हो। प्रतियोगितामा कास्कीले ४ रजत र ३ कास्यपदक जितेको छ। त्यस्तै, गोरखाले ६ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्दै दोस्रो बन्यो।…

नवौं राष्ट्रिय खेलकुद : भलिबलमा नवलपुर र म्याग्दी च्याम्पियन

प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न भलिबलमा पुरुषतर्फ नवलपुर र महिलातर्फ म्याग्दी टिम च्याम्पियन बनेका छन्। पुरुषतर्फको फाइनल खेलमा नवलपुरले बलियो मानिएको स्याङ्जालाई २–१ सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। लिग खेलमा तनहुँसँग पराजय भोगेको नवलपुरले सेमीफाइनलमा कास्कीलाई २५–१७, ३१–२९ र २५–१७ ले पराजित गर्दै फाइनलमा स्याङजासँग भेट पक्का…

पोखराका पत्रकार श्रेष्ठलाई घरभाडा सरोकार समितिको सम्मान

पोखराका क्रियाशील पत्रकार सन्देश श्रेष्ठ नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीबाट सम्मानित भएका छन्। समितिको आज (शनिबार) पोखरामा सम्पन्न १५ औँ साधारणसभा तथा पाँचौ अधिवेशनका अवसरमा पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणमा भूमिका खेलेको भन्दै श्रेष्ठलाई नगद १० हजार १ सय रुपैयाँको पुरस्कारसहित दोसल्ला र प्रशंसापत्रबाट सम्मान गरिएको हो। नेपाल घरबहाल सरोकार महासंघका केन्द्रीय अध्यक्ष बलभद्र खनाल,…

नवौं राष्ट्रिय खेलकुद : गण्डकीबाट तेक्वान्दोमा कास्की टिम च्याम्पियन

गण्डकी प्रदेशस्तरिय तेक्वान्दो ग्योरोगीतर्फ कास्की टिम च्याम्पियन भएको छ। पोखरामा शनिबार सम्पन्न तेक्वान्दो पुम्सेतर्फ टिम च्याम्पियन र ग्योरोगीतर्फ उपविजेता हुँदै कास्की टिम च्याम्पियन भएको हो। ग्यारोगीतर्फ पुरुषका ८ वटा विभिन्नमध्ये ५४ केजी मुनी तौलमा तनहुँका संगम परियारले स्वर्ण, म्याग्दीका दिपेश पुर्जाले रजत, गोरखाका अमृत विश्वकर्मा र बागलुङका महेन्द्र विकले कास्य पदक प्राप्त गरे। ५८ केजी…

फुल कन्ट्याक्ट कराँतेमा गण्डकीबाट १२ खेलाडी छनोट

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराँते छनोट प्रतियोगितामार्फत पुरुषतर्फ ७ र महिला तर्फ ५ जना गरी १२ खेलाडी छनोट भएका छन्। छनौट हुने खेलाडीहरूमा पुरूष कुमुतेको ४० के.जी. तौल समुहमा क्योकुशिन कान कराँते संघ कास्कीका अभिषेक तामाङ, ४५ के.जी.मा क्योकुशिन कान कराँते संघ बागलुङका नारायण बि.क., ५० के.जी.मा स्ट्रोङ्गेष्ट क्योकुशिन कराँते संघ…

बुद्धिचाल प्रतियोगिताको छनोटमा पूजा र सविन प्रथम

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताको पुरुषतर्फ लमजुङका सविनचन्द्र घिमिरे प्रथम भएका छन्। कूल ५ राउण्डमध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी गर्दै कूल साढे ४ अंकका साथ उनी प्रथम भएका हुन्। यसैगरी, कुल साढे ४ अंकका साथ मुस्ताङका राजन पहाडी द्धितिय बने। उनले पनि कुल ५ राउण्ड मध्ये ४ राउण्डमा…