Author Archive »

इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसीपमा नेपाललाई २ स्वर्ण

मलेसियामा आयोजित सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसीपमा नेपालले २ स्वर्ण जितेको छ। अभिषेकले पुरुष ८० किलोग्राम तौल समूह र आशुतोषले ८७ किलोग्राममाथि तौल समूहमा स्वर्ण पदक जितेका छन्। पुरुष ५४ किलो तौलमा पूजन खड्का, ७४ किलोमा सुरज कार्की र रमेश कार्कीले रजत पदक र ७४ किलोमा कास्य पदक जितेका छन्। ६८ किलोमा अबास खानले…

चाडपर्वमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर: व्यवसायी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमले मंगलवार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाएर चाडपर्वको समयमा जनतालाई राहत दिन माग गरेका हुन्। ‘भारतबाट नेपालमा आयात हुने पेट्रोलियम पदार्थको मूल्य तीन…

३ सय रुपैयाँले घट्यो सुनको मूल्य

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ। सुनचाँदी बजारमा आज (मंगलबार) छापावाल सुनको प्रतितोला ९५ हजार तोकिएको छ। अघिल्लो दिन (सोमबार) प्रतितोला ९५ हजार ३ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ३ सयले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ…

कर्मचारी समायोजन मुद्दासम्बन्धी सर्वोच्चको फैसला

सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्दामा मंगलबार फैसला सुनाएको छ। समायोजन अन्यायपूर्ण भएको भन्दै कर्मचारीहरुले दायर गरेको रिटमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले फैसला सुनाएको हो। संवैधानिक इजलासले समायोजनसम्बन्धी ९८ मुद्दामा मंगलबार निर्णय सुनाउने भनी तोकेको थियो। जसमध्ये कतिपयको रिट खारेज भएको छ भने कतिपय…

आज ४ दलको नेपाल बन्द

विभिन्न ४ दलले आज (मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित विभिन्न ४ दलले आज (मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका हुन्। सरकार र पार्टीबीच भएको ३ बुँदे सहमति उल्लंघन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, महँगी र राष्ट्रघाती सन्धि र सम्झौताविरुद्ध संघर्ष…

नवौं राष्ट्रिय खेलकुद : पोखरामै साइक्लिङ प्रतियोगिता पक्का

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको साइक्लिङ खेलकुद पोखरामै हुने भएको छ। राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङ खेलकुदका लागि सोमबार खेलस्थल व्यवस्थापन समितिसहितको टोलीले साइक्लिङ खेलका लागि पोखरा र आसपासका संभाव्य खेलस्थलको अवलोकन गरेको छ। राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गठित खेलस्थल व्यवस्थापन समितिका संयोजक एवं राखेप सदस्य राजेशकुमार गुरुङ, सचिव एवं प्रशिक्षण प्रमुख कृष्णप्रसाद तिमिल्सिना, नेपाल साइक्लिङ संघका…

नवौँ राष्ट्रिय खेलकुदलाई गण्डकी प्रदेश सरकारले साढे ३ करोडको बजेट छुट्टायो

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले ३ करोड ४६ लाख रुपैयाँ दिने भएको छ। प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोट लगायतका लागि अर्थमन्त्रालयले बजेट उपलव्ध गराएको हो। प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिसअनुसार मन्त्रालयले सो रकम निकासा गरेको प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बताएका छन्। खेलकुद…

माओवादी (केन्द्र) को प्रस्तावित पदाधिकारीहरु सर्वसम्मत चयन

नेकपा (माओवादी केन्द्र) मा अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गर्नुभएको पार्टी पदाधिकारीहरुको नाम सर्वसम्मत पारित भएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गर्नुभएको पदाधिकारीको नाम बैठकले सर्वसम्मत पारित गरेको हो। बैठकमा अध्यक्ष दाहालले महासचिवसहित २१ सदस्यीय पदाधिकारीहरुको नाम प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बैठकले सर्वसम्मत रुपमा पारित गरेको माओवादी (केन्द्र) सचिवालयले जनाएको छ। जसमध्ये पार्टीको उपाध्यक्षमा…

नेकपा (माओवादी केन्द्र) मा २१ सदस्यीय पदाधिकारीको प्रस्ताव

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी पदाधिकारीहरुको नाम प्रस्ताव गरेका छन्। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले महासचिवसहित २१ सदस्यीय पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्। जसअनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, उपाध्यक्षमा कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङ छन्। यसैगरी, उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल,…

काँग्रेसले ‘जनताको साथमा काँग्रेस’ अभियान संचालन गर्दै

नेपाली काँग्रेसले ‘जनताको साथमा काँग्रेस’ अभियानको घोषणा गरेको छ। शनिवार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन लक्षित अभियानको घोषणा गरेको हो। अभियान ३ चरणमा संचालन हुने जनाइएको छ। पहिलो चरण भदौ १० देखि वीपी जन्मजयन्ती भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि संचालन हुने पत्रकार सम्मेलनमा जानकारी…