Author Archive »

गृहमन्त्री खाण र प्रधानसेनापति शर्माबीच छलफल

गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापाति प्रभुराम शर्माले भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको हो। भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतिबारे सघन छलफल भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।  

प्रधानमन्त्री देउवा–प्रतिपक्ष नेता ओलीको भेटघाट

सत्तारुढ दलका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीबीच बुधबार भेटघाट गरेका छन्। प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीको आज (बुधबार) बिहान भेटवार्ता भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष ओलीले विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रतिस्पर्धाको राजनीतिलाई अन्यथा नमानी प्रतिपक्ष दलमाथि निषेधको राजनीति गर्न नहुने बताएको भेटमा सहभागी…

१३ भदौदेखि पोखरामा भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिदैं

कास्कीमा भदौ दोश्रो हप्ताबाट भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने भएको छ। भूमि आयोग कास्कीले भदौ १३ गतेबाट भूमिहीन र सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको हो। आयोगले पहिलो दिन ५० भन्दा बढीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको आयोग कास्कीका अध्यक्ष गंगा पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार करीब २ सयको लालपूर्जा दिन तयारी अवस्थामा…

गण्डकी प्रदेश लोक सेवा आयोगले स्वास्थ्यको ११ र ९ औं तहमा ४६ जनालाई विज्ञापन खुलायो

गण्डकी प्रदेशको लोकसेवा आयोगले स्वास्थ्यका २ वटा तहमा ४६ जनालाई विज्ञापन खुलाएको छ। आयोगले गण्डकी प्रदेश निजामती सेवा अन्तर्गत स्वास्थ्य समूहका ११ र ९ औं तहमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको हो। प्रदेश लोक सेवा आयोगको सूचना अनुसार एघारौं तहमा ७ जना र नवौं तहमा ३९ जनाका लागि स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको…

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ। गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज (बुधबार) राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिएका छन्।   हेर्नुहोस, प्रदेश प्रमुखको विज्ञप्ति

नेप्से उकालो लाग्यो

साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले उकालो लागेको छ। सुरुवातदेखि नै तीव्र उत्तारचढाव देखिएको नेप्से झिनो अंकले बढेर बन्द भएको हो। आज (बुधबार) नेप्से २.८७ अंकले घटेर दुई हजार ५७ दशमलब ८५ विन्दुमा बन्द भएको छ । नेप्से झिनो अंकले बढे पनि एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको…

३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९५ हजार ३ रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन मंगलबार छापावाल सुनको मूल्य ९५ हजार रुपैयाँ थियो। बुधबार ९४ हजार ८ सय रुपैयाँ मूल्य रहेको तेजाबी सुनको मूल्य अघिल्लो दिन मंगलबार ९४ हजार ५…

खप्तड लघुवित्त आइपीओको पहिलो दिनमै मागभन्दा ३५ गुणा बढी आवेदन

खप्तड लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन खुलेको पहिलो दिनमा नै मागभन्दा ३५ गुणा बढी आवेदन परेको छ। आज (बुधबार)देखि १ लाख २३ हजार ४ सय कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरिएकोमा पहिलो दिन नै ४३ लाख ३८ हजार ९४० कित्ता माग भएको सीडीएस एनुड क्लिएरिङ लिमिटेड (सीडीएससी)ले जनाएको छ। बुधबार साँझ ५ बजेसम्म ३…

नवौं राष्ट्रिय खेलकुद : कास्कीमा खेलाडी छनोट सुरु

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीमा खेलाडी छनोट प्रक्रिया सुरु गरिएको छ। यही असोजको २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं संस्करणको खेलकुद प्रतियोगिताका लागि कास्कीले (बुधबार) बाट खेलाडी छनोट प्रक्रिया सुरु गरेको हो। कास्की जिल्ला खेलकुद विकास समितिले बुधबार ब्याडमिन्टन खेलाडीको छनोट गरेको हो। कास्की जिल्लाबाट ब्याडमिन्टनका लागि ७…

१५ भदौदेखि श्रृजनशील लघुवित्तको आइपीओ

श्रृजनशील लघुवित्तले १५ भदौदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ। यो १९ हजार ६९० कित्ता सामुहिक लगानी कोष र ५ हजार ४७०…