Author Archive »

टी–२० मा घरेलु केन्यामाथि नेपालको सहज जित

पहिलो टी–२० मा घरेलु टिम केन्यामाथि नेपालले ५ विकेटको सहज जित दर्ता गराएको छ । बिहीबार नैरोबीमा केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छदा पूरा गरेको थियो । नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान गरे । उनले २४ बलमा १ चौका र २ छक्का प्रहार…

पोखराको पुरानो टुडिखेलमा तीजमेला आजबाट

पोखरा महानगरपालिका–१ बगरस्थित पुरानो टुडिखेलमा शुक्रबार अर्थात आज (शुक्रबार) देखि ऐतिहासिक तीज मेला सुरु हुदैछ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०७९ को अवसरमा इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा–१ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला आउँदो १६ भदौसम्म चल्नेछ। मेलाको गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल ‘जीवन’ले उद्घाटन गर्नेछन्। उद्घाटनपूर्व…

निर्वाचन आयोगले दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशन गर्ने

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ। दर्ता भएका राजनीतिक दलहरूको क्रम निर्धारणसहित चुनाव चिह्न प्रकाशित गर्ने निर्णय आयोगले गरेको हो। आयोगकले एक सूचना जारी गर्दै उक्त विषयमा जानकारी दिएको छ। ‘निर्वाचन हुनुभन्दा तत्काल अघि कायम रहेको प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि…

पत्रकार जमुना वर्षालाई ‘पोखरा टुरिजम जर्नालिजम अवार्ड’

पत्रकार एवं  नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा ‘पोखरा टुरिजम जर्नालिजम अवार्ड’ बाट पुरस्कृत भएकी छन्। पोखरा पर्यटन परिषदद्वारा संचालित पोखराको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्‍याएकोमा पत्रकार शर्मालाई नगद पुरस्कारसहित सम्मान गरेको हो। पोखरा पर्यटन परिषदको २२ औं साधारणसभा तथा १२ औं अधिवेशनका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकार शर्मालाई १५…

खप्तड लघुवित्तको आइपीओमा आवेदनको चाप

खप्तड लघुवित्तको आइपीओमा ७४ करोड २७ लाख रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार आज (बिहीबार) बिहानसम्ममा ६ लाख ५५ हजार ६ सय ६७ जनाले ७४ लाख २७ हजार कित्ताका लागि आवेदन दिएका हुन्। यो मागभन्दा ६०.१८ गुणा बढी आवेदन हो। कम्पनीले ८ भदौबाट सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला…

१८ अंकभन्दा धेरैले घट्यो नेप्से

शेयर बजार आज (बिहीवार) १८ अंकभन्दा धेरैले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३० अंकले घटेर २ हजार ३९ दशमलव ५४ विन्दुमा झरेको छ। आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा जलविद्युत्, विकास बैंक, उत्पादन र बीमा समूहको शेयर उच्च अंकले घटेको छ। नेप्से सूचक दोहोरो अंकले घटेको दिन २ सय…

५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सुनको भाउ आज (बिहीवार) तोलामा ५ सय रुपैयाँले बढेको छ। हिँजो (बुधवार) तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज (बिहीबार) तोलाको ९५ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज १० रुपैयाँले बढेर चाँदी तोलामा ११ सय ७५ रुपैयाँमा कारोबार…

’अग्निपथ योजना’ अनुसार नै भारतमा गोर्खा भर्ती

भारतले आफ्नो सेनामा हुने गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार नै हुने प्रष्ट पारेको छ। भारतको राजधानी नयाँ दिल्लीमा आज (बिहीवार) आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले अग्निपथअनुसार नै गोर्खा सैनिकको भर्ती हुने बताएका हुन्। भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपालसहित भारतका विभिन्न ठाउँमा रहेका नेपाली मूलका नागरिकलाई भर्ती गरिन्छ। यसअघि, नेपाल सरकारले नेपालीलाई…

परीक्षाका लागि तयार रहनुस् : लोक सेवा आयोग

लोक सेवा आयोगले यसअघि रोकिएका परीक्षा तत्कालै अघि बढाउने भन्दै तयारीमा रहन परीक्षाको तयारी गरिरहेकाहरूलाई आग्रह गरेको छ। लोक सेवा आयोगले विज्ञप्ति निकालेर कर्मचारी समायोजनसम्बन्धी रिटहरूमा सर्वोच्च अदालतको अन्तिम फैसलासँगै अब यसअघि स्थगित परीक्षा तथा नतिजा सार्वजनिक गर्ने काम यथाशीघ्र सुरु गर्ने जनाएको हो। विज्ञप्तिमा अदालतको फैसलामा पदपूर्तिसम्बन्धी काम, कारबाही अघि बढाउन मिल्ने गरी आदेश…

ज्यालाको विरोधमा उत्रिएका श्रमिकलाई कतारद्वारा देश निकाला

कतारले ज्याला नपाएकोमा विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देश निकाला गरेको छ। कम्तीमा ६० जना श्रमिकहरूले निर्माण कम्पनी अल बन्दारी इन्टरनेश्नल ग्रुपको दोहा कार्यालयसामु अगस्ट १४ मा र्‍याली गरेका थिए। तीमध्ये कतिपयले ७ महिनादेखि ज्याला नपाएको गुनासो छ। लगत्तै केही कामदार पक्राउ गरिएको र केहीलाई देशबाट निकाला गरेको पाइएको बीबीसीले जनाएको छ। तर, निकाला गरिएका कामदारको…