
सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसको स्वर्ण प्रदेश–१ ले जितेको छ। फाइनल खेलमा प्रदेश–१ ले नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै स्वर्ण जितेको हो। प्रतियोगिता अन्र्तगत पहिलो सेट पुलिसले डबल्स्मा प्रदेश–१ लाई ५–१, दोस्रो सिंगल्स प्रदेश–१ ले नेपाल प्रहरीलाई ४–० तथा निर्णायक अर्थात अन्तिम प्रदेश–१ ले डबल्समा ५–१ को सेट ले नेपाल प्रहरी पराजित भएको…
नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले कास्कीका सवै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी उन्मुख भइसकेको बताएका छन्। मंगलबार कास्की क्षेत्र नं १ को सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता शर्माले देशलाई धनी र समृद्ध बनाउने अभियानमा रहेका गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदातासँग अनुरोध समेत गरे। नेता शर्माले व्यक्तिसँग भएको साधन, श्रोत र उर्जालाई उपयोग…
प्रतियोगिताको अन्तिम दिन मंगलबार बिहान प्याराग्लाइडिङको पदक वितरण गरियो । नवौँ राष्ट्रिय खेलकुदमा खेलाडी गुमाउने खेल पनि यही बन्न पुग्यो। घटना नघटेको भए रंगशाला उल्लासले भरिन्थ्यो। तर, राष्ट्रिय प्रतियोगिताले एक होनहार राष्ट्रिय खेलाडी गुमाउन पुगेको छ। उनै प्याराग्लाइडिङका होनहार खेलाडी निसिम थापालाई सम्झिँदै प्याराग्लाइडिङका इभेन्ट सकिएका छन्। नेपाल आर्मीमा अनुबन्धित खेलाडी थापाले टिम क्रसकन्ट्रीमा रजत…
पोखराको यातायात प्रणालीलाई हरित प्रणालीमा विकास गर्न प्रक्रिया सुरु भएको छ। कोरियाली विज्ञहरूको टोली र पोखरा महानगरपालिकाबीच हरित यातायात प्रणालीबारे छलफल गरिएको छ । छलफल पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गर्ने विषयमा केन्द्रीत थियो। परियोजनाअन्तर्गत कोरियाले पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने सहमति भएको छ। ५ दिनसम्म पोखरामा रहेको टोलीले…
राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिलाको ८०० मिटर फ्रिस्टायल पौडीमा एनआरएनएकी एश्लेले जितिन् स्वर्ण पदक जितेकी छिन्। महिलाको ८०० मिटर फ्रिस्टायल तर्फ भएको प्रतिस्पर्धामा एनआरएनका एश्ले सापकोटा डंगोलले १० मिनेट ३०:६४ सेकेन्ड समयका साथ स्वर्ण पदक जित्न सफल भइन्। उक्त स्पर्धामा पुलिसका आर्या महर्जनले रजत र समिरा शोभा थापामगरले कास्य जिते।
आगामी मंसीर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)को तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (ख) का उम्मेदवार मिना गुरूङले महिला सशक्तिकरण, समावेशी विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताएकी छन्। पोखरा–८ सिजर्नाचोकस्थित कास्की निर्वाचन क्षेत्र नं. २ (ख) को निर्वाचन परिचालन कमिटिको कार्यालयको उद्घाटन समारोहमा बोल्दै उनले महिला हकहितका पक्षमा…
गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ। हालसम्म ६ सय ४३ पदकको छिनोफानो हुँदा आर्मीले ८३ स्वर्ण, ५४ रजत र ३७ कास्य पदकसहित कुल १७४ पदक हात पार्दै अग्रस्थानमा छ। दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ। पुलिसले ३४ स्वर्ण, २७…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत सफ्ट टेनिस प्रतियोगितामा महिलार्फ विभागीय सशस्त्र प्रहरी बलको एपीएफले १ स्वर्ण पदक जितेको छ। महिलातर्फको डबल्स स्पर्धामा एपीएफले स्वर्ण पदक जितेको हो। एपीएफका भगवती बिक र समृद्धि महर्जनको जोडीले एपीएफलाई स्वर्ण पदक दिलाएका हुन्। उक्त जोडीले लुम्बिनी प्रदेशका ऋतिका चौधरी र विमला पन्थीको जोडीलाई ५–० को सोझो सेटले पराजित गर्दै स्वर्ण…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत सफ्ट टेनिस प्रतियोगितामा पुरुषर्फ विभागीय पुलिसले १ स्वर्ण पदक जितेको छ। पोखरामा जारी प्रतियोगितामा मंगलबार भएको सफ्ट टेनिसको डबल्सतर्फका खेलमा नेपाल पुलिसलाई नरबहादुर लुंगेली र कमल भण्डारीको जोडीले स्वर्ण पदक दिलाएका हुन्। लुंगेली र भण्डारीको जोडीले प्रदेश–१ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जितेका…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज (मंगलबार) भएको साइक्लिङको पुरुषतर्फको इन्डिभिज्युल टाइम ट्रयाल साइक्लिङमा एपीएफले स्वर्ण जितेको छ। २० किलोमिटरको दूरी ३४ मिनेट ०४ सेकेण्ड ३०९ मिलि सेकेण्डमा पूरा गर्दै एपीएफका सुरज रानामगरले स्वर्ण पदक जितेका हुन्। उक्त स्पर्धामा नेपाल आर्मीले रजत पदक जित्न सफल भएको छ। नेपाल आर्मीका हिमाल टमाटाले उक्त दूरी ३६ मिनेट ४५…