Author Archive »

राष्ट्रिय खेलकुद: इन्डिभिज्युल टाइम ट्रयाल महिला साइक्लिङमा आर्मीकी उषालाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज (मंगलबार) भएको साइक्लिङको इन्डिभिज्युल टाइम ट्रयाल विधामा महिलातर्फ नेपाल आर्मीले स्वर्ण पदक जितेको छ। पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको महिला इन्डिभिज्युल टाइम ट्रयाल विधातर्फको फाइनल खेलमा २० किलोमिटरको दूरी ३८ मिनेट ३१ सेकेण्ड ४१० मिलिसेकेण्डमा पूरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जितेकी छिन्। त्यस्तै, उक्त दूरी ४२ मिनेट २०…

राष्ट्रिय खेलकुद: महिला लङजम्पमा जयरानीको कीर्तिमान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्स महिला लङजम्पमा आर्मीकी जयरानी थारुले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्। उनले पोखरा रंगशालामा ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन्। उक्त इभेन्टमा यसअघि गत असारमा निशा चौधरीले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले २०१८ मा राखेको ५४५ मिटर जम्पको कीर्तिमानलाई भंग गरेकी थिइन्। लुम्बिनीकी निशा…

राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा पुलिसलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ क्रिकेटमा नेपाल पुलिस क्लवले स्वर्ण पदक जितेको छ। मंगलबार पोखरा रंगशालामा भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई ५ रनले पराजित गर्दै पुलिसले पहिलो सहभागितामै स्वर्ण जितेको हो। पहिला व्याटिङ गरेको पुलिसले पूरै २० ओभरमा ४ विकेट गुमाउँदै ८९ रन बनाएको थियो। जितका लागि ९० रन पछ्याएको एपीएफले २० ओभरमा…

राष्ट्रिय खेलकुद: म्याराथनमा गण्डकीका अनिशले जिते स्वर्ण

एथलेटिक्स म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिश थापामगरले स्वर्ण पदक जितेका छन्। अनिशले म्याराथन ४२.१९५ किलोमिटर २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए। त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जिते। उनले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा दूरी पूरा गरे। सशस्त्र प्रहरी बल…

राष्ट्रिय खेलकुद: एथलेटिक्स ४ सय मिटर महिलामा रमिताकुमारीले कीर्तिमान ब्रेक गरिन्

एथलेटिक्स ४ सय मिटरमा महिलातर्फ विभागीय एपीएफकी रमिताकुमारीले एथलेटिक्स ४ सय मिटरमा रमिताकुमारी थारुले कीर्तिमान ब्रेक गरेकी छन्। रमिताले ५८.१० सेकेन्डमा ४ सय मिटर दूरी पूरा गर्दै नयाँ कीर्तिमान कायम गरिन्। उनले २०१९ मा चीनमा भएको खेलमा तुलसा खत्रीले बनाएको रेकर्ड तोडेकी हुन्। तुलसाले ५९.५७ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन्। आर्मीकी निर्मला थापाले रजत…

राष्ट्रिय खेलकुद: एथलेटिक्स ४ सय मिटरमा आर्मीका सोमबहादुरले कीर्तिमान ब्रेक गरे

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्स ४ सय मिटर २ नयाँ कीर्तिमान कायम भएको छ । उक्त दौडमा विभागीय आर्मीका सोमबहादुर कुमालले राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। पोखरा रंगशालामा मंगलबार बिहान भएको ४ सय मिटर पुरुष महिला दौडमा २ कीर्तिमान ब्रेक गरेका हुन्। पुरुषतर्फ आर्मीका सोमबहादुरले ४७.९५ सेकेन्डमा पार गर्दै कीर्तिमानसँगै स्वर्ण पदक जिते। उनले सन्…

राष्ट्रिय खेलकुद: महिला हक्कीमा भोलि सेमिफाइनलका खेलहरु

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीको सोमबार (आज) भएको खेलमा मधेश प्रदेशले बागमतीलाई प्रदेशलाई हराएको छ। मधेश प्रदेशले २–० को गोल अन्तरले बागमती प्रदेशलाई हराएको हो। खेलको पहिलो क्वाटरमा सरिता पुलामीले मधेशका लागि गोल गरेकी थिइन्। २७ औं मिनेटमा सरिताको गोलले मधेशलाई खेलमा अग्रता दिलाएको हो। खेलको तेस्रो क्वार्टरमा रोनी राईले मधेशका लागि पुन: १…

राष्ट्रिय खेलकुद: पोखरा महानगरद्वारा पदक विजेतालाई सम्मान

पोखरा महानगरले गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ मा सहभागी भई पदक विजेता महानगरवासी खेलाडीसहित प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजङ्ग केसीलगायतले ४१ जना पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेका हुन्। पोखरा महानगरवासी खेलाडीले हालसम्म ५ स्वर्णपदक…

राष्ट्रिय खेलकुद: एपीएफ पुरुष फुटबलको सेमीफाइनलमा

सशस्त्र प्रहरी बलको एपीएफ क्लव पुरुष फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार दिउँसो भएको पुरुष फुटबल प्रतियोगिताको समूह (बी) को खेलमा एपीएफले वागमती प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो। वागमती भने अभागी टोलि बन्दै प्रतियोगिताबाट बाहिरिएको छ। पोखराको लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको खेलमा वागमतीले…

तनहुँ म्याग्देका ८२५ जना ज्येष्ठ नागरिकलाई बाँडियो परिचय पत्र

तनहुँको म्याग्दे गाउँपालिकाले ८ सय बढी ज्येष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गरेको छ। गाउँपालिका कार्यालयले असोज १ देखि थालेको एकीकृत घुम्ती शिविरमार्फत ८ सय २५ जनालाई उक्त परिचय पत्र वितरण गरेको हो। त्यसैगरी, शिविरबाट १० जना अपाङ्गता भएकालाई अपाङ्गता परिपचपत्र वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्। वडासम्म गएर सेवा लिन…