Author Archive »

आज दशैंको दोस्रो दिन, ब्रम्हचारिणी भगवतीको पूजा गरिदैं

आज असोजको शुक्ल द्धितियको दिन अर्थात, बडादशैंको दोस्रो दिन। आज ब्रम्हचारिणी भगवतीको पूजा गरिदैंछ। बडादशैंअन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गरिन्छ। यसअघि, हिँजो (सोमबार) दशैँ घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरियो भने आज (मंगलबार) देवी भगवतीको पूजा आराधाना गरिदै देशभर धुमधामसाथ मनाइँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने…

शीर्षदलहरुको घोषणापत्रमा पत्रकार महासंघको चासो

नेपाल पत्रकार महासंघले पत्रकारिताका मुद्दाहरू दलका घोषणापत्रमा समावेश गर्न राजनीतिक दलका शीर्ष नेतृत्व र घोषणापत्र तयार गर्ने समिति वा कार्यदलसँग भेटेर छलफल गर्ने भएको छ। महासंघका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा दलका घोषणापत्रहरूमा आमसञ्चारको क्षेत्रलाई कसरी सम्बोधन गरिएको छ भन्ने कुरालाई नेपाल पत्रकार महासंघले गम्भीर चासोका साथ हेरिरहेको उल्लेख गरिएको छ। आगामी मंसिर ४…

कास्कीकोटको दरबारमा राखियो जमरा

नेपालको ऐतिहासिक दरबार कास्कीकोटमा जमरा राखिएको छ। त्यहाँ रहेको गुप्तकालीका मन्दिरमा विशेष साइत पारेर घटस्थापना गरिएको हो। यहाँ अहिले पनि नव दुर्गा महोत्सव हुने भएको छ। वर्षेनी कास्कीकोटमा तान्त्रिक र वैदिक हिसाबले पूजा गरिन्छ। विजया दशमीसम्म पाणा पुजारीहरू मन्दिरभित्र बसेर गुप्तकालिकाको पूजा गर्ने प्रचलन छ। नेपालबाटै लोप हुने अवस्थामा रहेको सरुङ खेल र मालश्री धुन…

यस्तो छ, चुनाव बहिष्कार गर्ने ४ दलका संघर्षको कार्यक्रमहरु

आसन्न निर्वाचन बहिस्कार घोषणा गरेर ४ वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्। निर्वाचन बहिस्कार घोषणा गरेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार विज्ञप्ति मार्फत संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्। मोहन बैद्य नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव गौरव, ने.क.पा. (बहुमत) का संयोजक कञ्चन, ने.क.पा. (मसाल)…

मनास्लु हिमपहिरोमा १ जनाको मृत्यु, १५ घाइते

गोरखाको मनास्लु हिमालको बेस क्याम्पमा हिमपहिरो गएको छ। पहिरोमा १ जनाको ज्यान गएको छ भने अन्य १५ जना घाइते भएका छन्। ८ हजार १ सय ६३ मिटर अग्लोे मनास्लु हिमालको ३ र ४ नम्बर बेसक्याम्पको बीचमा हिमपहिरो गएको हो। चुमनुव्री गाउँपालिका–१ का वडाध्यक्ष छेवाङ लामाका अनुसार मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा आज मध्यान्ह…

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल भोली

नेपाल र बंगलादेशबीच भोली (मंगलबार) मैत्रीपूर्ण फुटबल हुँदैछ। खेल बेलुका साढे ५ बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा सुरु हुनेछ। नेपालको कप्तानी गोलकिपर किरण लिम्बुले गर्नेछन्। खेलअघि आज (सोमबार) भएको पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका कार्यकारी प्रशिक्षक प्रदीप हुमागाईंले नेपालको कप्तानी किरणले गर्ने जानकारी दिएका छन्। यसअघि, कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको…

दसैंको नवरात्र सुरु, आज घटस्थापना, घर–घरमा जमरा राखियो

आज आस्विन शुक्लप्रतिपदाको दिन अर्थात घटस्थापना। आजदेखि नेपालीहरुको महान चाड बडा दसैं सुरु भएको छ। यो वर्षको महान पर्व बडा दसैंले नेपालीहरुको घर–घरमा प्रवेश गरेको छ। घटस्थापनालाई नवरात्रको पहिलो दिन मानिन्छ। आस्विन शुक्ल प्रतिपदादेखि सुरु यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। वडा दशैँको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो,…

सेनाका मोहनदेव र श्यामकलीले जिते पोखरा महानगर १० किमि दौडको उपाधि

नेपाली सेनाका मोहनदेव जोशी र सेनाकै श्यामकली जैशीले पोखरामा भएको १० किमि दौडको उपाधि जितेका छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र वडा दशैंको अवसरमा पोखरा महानगर खेलकुद विकास समितिले आयोजना गरेको दौड प्रतियोगिताको पुरुषतर्फ मोहनदेवले ३५ मिनेट ३१.४ सेकेण्ड र महिलातर्फ श्यामकलीले ४६ मिनेट ५८.२ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन्। उनीहरुले उपाधिसँगै २५/२५ हजार…

नवौँ राष्ट्रिय खेलकुद: ४ हजार ३३५ खेलाडीले नाम दर्ता गराए

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ४ हजार ३३५ जना खेलाडीले नाम दर्ता गराएका छन्। नवौँ खेलकुदका लागि आइतबारसम्म ७ प्रदेश, ३ विभागीय र १ एनआरएनए टोलीले आफ्नो खेलाडीहरुको नाम दर्ता गराएका हुन्। नवौँका लागि अहिलेसम्म गण्डकी प्रदेशले सबैभन्दा धेरै खेलाडी दर्ता गरेको छ। गण्डकी प्रदेशले सबैभन्दा धेरै ७०२, त्रिभुवन आर्मीले ६७३ जना…

साबा महिला च्याम्पियनसीप: नेपाली महिला बास्केटबल टिमको खराब सुरुवात

नेपाली महिला बास्केटबल टोली आइतबार राति साबा महिला च्याम्पियनसीपमा आयोजक माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको छ । माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा नेपाल सुरुको २ क्वार्टरमापछि परेको थियो। तेस्रो क्वार्टरमा पुगेर २ अंकको अग्रता लिन सफल भएको थियो। चौथो क्वार्टरमा पनि नेपाल अन्तिम अवस्थामा पछि परेपछि पराजित बनेको थियो। पहिलो क्वार्टरमा १६–१४ ले पछि…