Author Archive »

खेलकुद पत्रकारिता तालिमलाई पोखरा महागरको सहयोग

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्दर्भमा असोज पहिलो साता पोखरामा हुने प्रदेशस्तरिय खेलकुद पत्रकारिता तालिमलाई सफल पार्न पोखरा महानगरपालिकाले सहयोग गर्ने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको टोलीसँग आइतबार भएको भेटघाट कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यले उक्त तालिम सम्पन्न गर्न सहयोग गर्ने बताएको मञ्चले जनाएको छ। प्रदेशको राजधानी पोखरामा हुने उक्त प्रतियोगितालाई सफल पार्न…

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापति

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापति विजयी भएका छन्। अन्तिम मत परिणामाअनुसार प्रजापति एकहजार ६१३ मत ल्याएर संघको अध्यक्षमा निर्वाचित भएका हुन्। उनको प्रतिष्पर्धी अर्जुन पोखरेललाई ७१६ को भारी मतान्तरले पराजित गर्दै प्रजापति विजयी बनेका हुन्। पोखरेलले ८९७ मत प्राप्त गरे। प्रजापति यसअघि संघको वरिष्ठ र पोखरले वाणिज्य उपाध्यक्ष थिए। अघिल्लो चुनावमा एउटै प्यानलमा…

सेनाका तीर्थबहादुरले जिते लिगलिगकोट–गोरखा दरबार म्याराथन

नेपाली सेनाको भवानी दल गणका तीर्थबहादुर तामाङले प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटदेखि गोरखा दरबारसम्मको म्याराथनमा प्रथम भएका छन् । आज (शनिबार) भएको लिगलिगकोट–सिरानचोक–गोरखा दरबार खुल्ला म्याराथन दौड प्रतियोगितामा निर्धारित ४० किलोमिटरको दूरी ३ घन्टा ११ मिनेट १ सेकेण्डमा पूरा गर्दै तामाङ पहिलो भएका हुन्। उनले नगद १ लाख ५० हजार रुपैयाँ साथमा मेडल र पुरस्कार समेत…

माल्दिभ्सलाई ९–० गोलले हराउँदै भारत महिला साफ च्याम्पियनसीपको सेमिफाइनलमा

महिला साफ च्याम्पियनसीप फुटबलमा भारतले माल्दिभ्सलाई ९–० गोलको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको छ। दशरथ रंगशालामा आज (शनिबार) भएको दोस्रो खेलमा भारतका लागि अञ्जु तामाङले ह्याट्रिकसहित ४ गोल गरिन्। यस्तै, डाङमेई ग्रेसले २ तथा प्रियंकादेवी, काश्मिना र सौम्या गुगुलोथले १/१ गोल गरे। भारतको यो लगातार दोस्रो जित हो। समूह ‘ए’ बाट भारत र बंलादेश समान…

महिला साफ च्याम्पियनसीप: पाकिस्तानमाथि ६–० गोल वर्षाउँदै बंगलादेश सेमिफाइनलमा

महिला साफ च्याम्पियनसीप फुटबलमा बंगलादेश सेमिफाइनलमा पुगेको छ। काठमाण्डौको दशरथ रंगशालामा आज (शनिबार) भएको खेलमा बंगलादेशले पाकिस्तानलाई ६–० गोलले हराएको हो। बंगलादेशको फराकिलो जितमा कप्तान सविना खातुनले ह्याट्रिक गोल गरिन्। यस्तै, मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले १/१ गोल गरे। सविना जारी महिला साफमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेकी छन्। बंगलादेशको लगातार यो दोस्रो…

डोटीमा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

डोटीमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उच्च रक्तश्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ३ घांगलकी ३० वर्षीया विष्नादेवी रोकामगरको हेलिकप्टरबाट उद्धार गरिएको हो। बिहीवार बेलुका मगरले सामुदायिक स्वास्थ्य इकाई मुलेचौरमा मृत शिशुलाई जन्म दिएकी थिइन्। उच्च रक्तश्राव भएपछि थप उपचारका लागि नेपाली सेनाको एन ए ०६१ कल साइनको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत…

आमाले झैँ आफ्नो जीवन पुरै सेवामा समर्पित गर्छु : राजा चाल्र्स

बेलायतका नयाँ राजा चार्ल्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गरेका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूपनि आफ्नी आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्ने घोषणा गरेका छन्। बेलायतकी महारानी एलिजावेथ द्वितीयको गत बिहीबार निधन भएपछि उनका जेठा छोरा चार्ल्स तृतीयले राजाको जिम्मेवारी पाएका हुन्। राजाको रूपमा पहिलो सम्बोधन गर्ने क्रममा उनले आफू…

पोखरा उद्योग वाणिज्य संघद्वारा उद्यमीहरुलाई सम्मान

पोखरा उद्योग वाणिज्य संघले उद्यमीहरुलाई सम्मान गरेको छ। संघले महिला उद्यमी सम्मान–२०७९ बाट हिरा भट्टराईलाई सम्मान गरेको छ। संघको शुक्रबारदेखि शुरु ३४ औं महाधिवेशन उद्घाटन समारोहबीच उद्योग र वाणिज्य क्षेत्रमा योगदान गर्ने व्यवसायीहरुलाई सम्मान गरिएको हो। भट्टराई पद्मावती हस्तकला उद्योग, पद्मावती मिडिया प्रालि र न्यु भट्टराई किराना स्टोर्सको संचालक तथा रेडियो जननीको अध्यक्ष हुन्। सोही…

निर्वाचनको कार्यतालिका सार्वजनिक, असोज २३ गते मनोनयन

निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले आज (शुक्रबार) स्वीकृत गरेको कार्यक्रमअनुसार दशैँलगत्तै उम्मेदवारको मनोनयन दर्ता सुरु हुने आयोगले जनाएको छ। असोज २३ उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २६ गते उमेद्वारहरुलाई चुनाव चिन्ह दिने कार्यक्रम तय भएको आयोगले जनाएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार…

भुटानले साफ महिला च्याम्पियनसीपमा इतिहास रच्यो

भुटानले साफ महिला च्याम्पियनसीप फुटबलमा ऐतिहासिक इतिहास रचेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (शुक्रबार) भएको खेलमा श्रीलंकालाई ५–० ले पराजित गरेको हो। श्रीलंकाविरुद्ध पहिलो हाफमा १ गोल गरेको भुटानले दोस्रो हाफमा ४ गोल थपेको थियो। भुटानको जितमा डेखी लाजोमले २ गोल गरिन्। त्यस्तै, न्याम्गेल डेमा, छिरिङ लाडेन र छिरिङ याङदेनले १/१ गोल गरे। श्रीलंकालाई हराउँदै…