
साफ यु–१७ च्याम्पियनसीप फुटबलमा नेपालले भारतलाई हराएको छ। श्रीलंकाको कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालले भारतलाई ३–१ गोलले हरायो। नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले १/१ गोल गरे। भारतका लागि ड्यानी मेतीले गोल गरे। १–० ले पछि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गर्दै जितको नतिजा निकालेको हो। यो जितसँगै समूह ’बी’…
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने दाबी गरेका छन्। उनले स्पष्ट पारे, ‘माओवादी केन्द्रलाई नै देशको पहिलो वामपन्थी पार्टी बनाउने गरी चुनावी तालमेल गर्न लागेको हो।’ अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको प्रथम राष्ट्रिय सम्मेलनको (शुक्रबार) पोखरामा उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। प्रचण्डले सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्रलाई देशकै…
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने स्पष्ट पारेका छन्। प्रेस सेन्टर कास्कीले पोखरामा आज (शुक्रबार) बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू चितवनबाटै चुनाव लड्ने र जित पनि सुनिश्चित रहेको दाबी समेत गरे। उनले भने, ‘मलाई विभिन्न जिल्लाबाट अन्य पार्टीका साथीहरुले पनि आइदिनुपर्यो भन्नुभभएको छ। काँग्रेसका नेताले…
बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालले ३ दिन शोक मनाउने भएको छ । मन्त्रिपरिषद्को आज (शुक्रवार) बसेको बैठकले बेलायती महारानीको निधनप्रति दु:ख व्यक्त गर्दै उनको सम्मानमा ३ दिन शोक मनाउने निर्णय गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले भदौ २५ देखि २७ गतेसम्म ३ दिन शोक मनाउने निर्णय गरेको हो। यस्तै, बैठकले ३ दिन…
बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनसँगै संसारभरका जनताले ठाउँ–ठाउँमा फूल चढाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । बेलायतको राजदरबार बकिंघम प्यालेसअगाडि बाहिर हजारौं मानिस भेला भएर उनको शोकमा फूल चढाइरहेका छन् । केहीले आधा झण्डा झुकेको दरबारको तस्बीर खिचिरहेका छन्। महारानी एलिजाबेथको मृत्युको सूचना बकिंघम प्यालेसको मुख्य प्रवेशद्वारमा राखिएको छ। बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी…
भर्खरै पद सम्हालेकी नयाँ प्रधानमन्त्री लिज ट्रस (जसलाई रानीले मंगलबार नियुक्त गरेकी थिइन्)ले ‘आधुनिक बेलायत चट्टानमाथि निर्माण भएको’ व्याख्या गरेकी छन्। जसमा महारानी एलिजावेथको ठूलो योगदान मानिन्छ। महारानीको मृत्युपछि नागरिकले उनको निवासमा श्रद्धाञ्जलि दिँदै फूल छोडेका छन् भने गिर्जाघर तथा बकिंघन दरबारअगाडि श्रद्धाञ्जलि दिनेको घुइँचो छ। उनको निधनपछि उनका जेठा छोरा चाल्र्स अब राजा चाल्र्स…
बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन भएको छ। बेलायतमा ७० वर्ष लामो समयसम्म गद्दीमा रहेकी महारानी द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको हो। ’आज दिउँसो बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ’ विज्ञप्ति जारी गर्दै बकिंघम दरबारले भनेको छ ’राजा र क्वीन कन्सोर्ट (राजाको धर्मपत्नी) आज (शुक्रबार) बाल्मोरलमै बस्नेछन् र भोलि लन्डन फर्कनेछन्।’ चिकित्सकहरूले महारानीलाई…
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार स्वर्गारोहण भएको छ। बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७० वर्ष शासन गरेपछि बालमोरलमा निधन भएको छ। बकिंघम प्यालेसले रानीको आज दिउँसो बालमोरलमा शान्तिपूर्वक मृत्यु भएको जनाएको छ। यसअघि, महारानी एलिजाबेथ स्कटल्याण्डको बालमोरल अस्पतालमा चिकित्सकको निगरानीमा थिइन् । चिकित्सकहरूले एलिजाबेथको स्वास्थ्यको बारेमा थप चासो व्यक्त…
साधारण सेयर (आइपीओ) निष्कासन गर्न २ वटा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन्। सगरमाथा हाइड्रोपावर कम्पनी लिमिटेड र माईखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन्। सगरमाथा हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ५४ लाख ८८ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबोनमा…
नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (बिहीबार)को तुलनामा आज सुन प्रतितोला १ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो। अघिल्लो दिन (बिहीबार) प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको छापावाल सुन शुक्रबार ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाई छ। बिहीबार ९३ हजार ३…