Author Archive »

नेपाल टी–२० को लागि खेलाडी दर्ता खुला

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० को लागि खेलाडी दर्ता खुला गरेको छ। क्यानले शनिबार सामाजिक सञ्जालमार्फत खेलाडी दर्ता खुला भएको जानकारी दिएको हो। क्यानले खेलाडी दर्ताका लागि चार मापदण्ड राखेको छ। दर्ताका लागि राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप, मेयर कपमा सहभागी भएको हुनुपर्ने र सन् २०१८ देखि औसतभन्दा माथिको प्रदर्शन गरेको हुनुपर्ने, नेपाली यु १९…

पोखरामा मनाइयो मोतीराम भट्टको १५७ औं जन्मजयन्ती

पोखरामा शनिवार बिहान १५७ औं जन्मजयन्ती मनाइएको छ। जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले स्थापनाकालदेखि विविध कार्यक्रमका साथ मोती जयन्ती मनाउँदै आएकोमा यस वर्ष पनि विविध कार्यक्रमका साथ संस्थाले रचनावाचन तथा मोतीराम भट्टको योगदान विषयमा परिचर्चा कार्यक्रम आयोजना गरेको हो। समारोहमा अग्रज पत्रकार उदयबहादुर अमात्य, अग्रज कलाकार यादवचन्द्र भुर्तेल, साहित्यकार डा. जगन्नाथ रेग्मी, समाजसेवी संगीत गौतम…

नवौं राष्ट्रिय खेलकुद : कास्कीमा क्रिकेट र उशुको छनोट

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा क्रिकेट महिला तथा पुरुष र उशुको महिला तथा पुरुष खेलाडी छनोट भएका छन्। जिल्ला खेलकुद विकास समिति कास्कीका अनुसार क्रिकेट र उशुसहित शनिबार अन्य २ खेलको छनोट खेलाडीहरु छनोट भएका हुन्। नवौंका लागि अमृत गुरुङको कप्तानीमा २ वैकल्पिकसहित क्रिकेटको पुरुषतर्फ १४ खेलाडी छनोट भएका छन्। छनोट हुने खेलाडीहरुमा अनिल…

निहारिकालाई कानुनी लडाइँ लड्न ५ लाख सहयोग

मधेश प्रदेश सरकारले न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। मधेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निहारिकालाई सो आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो। मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाको पहलमा निहारिकालाई कानुनी लडाइँमा सहयोग गर्न तथा बच्चाको भरणपोषणका लागि सहयोग गर्ने उद्देश्यले मन्त्रिपरिषद् बैठकले निर्णय…

अब फ्याम्समार्फत ईपीएसको काम

रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाबाट हुने काम अबदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फ्याम्स)मार्फत हुने भएको छ। सो शाखाले ईपीएसबाट दक्षिण कोरिया जानका लागि गर्नुुपर्ने सबै प्रक्रिया आउँदो सोमबारदेखि फ्याम्समार्फत गर्ने भएको हो। फ्याम्स श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अनलाइनबाट जानकारी गराउने प्रणाली हो। श्रम मन्त्रालयले वैदेशिक रोजगारीबारे एकद्वार प्रणालीमार्फत जानकारी दिने उद्देश्यले…

मुद्दा मिलेका कारण माओवादीसँग तालमेल बन्यो : डा. भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताएका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले शुक्रवार पार्टीको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान र अधिकारसहितको संघीयताको पक्षमा छौं,’ नेता भट्टराईले भने,…

म्याग्दीका केसीले बनाए कोरियामा ब्याट्रीबाट चल्ने गाडी

रोजगारीका क्रममा दक्षिण कोरिया पुगेका म्याग्दीको बेनी नगरपालिका–६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाएका छन्। ५ महिनादेखि निरन्तर गरेको कोसिसपछि उनी चारपांग्रे गाडी बनाउन सफल भएका हुन्। विद्युत चार्ज गरेर चलाउन सकिने उक्त गाडीमा ४ वटा ब्याट्री जडान गरिएका छन्। ३ देखि ४ घण्टा विद्युत चार्ज गरेपछि ४० देखि ५० किलोमिटरसम्म चलाउन सकिन्छ। कोरियामा…

कास्की आदर्श सेवा समाज पोर्चुगलको अध्यक्षमा शक्ति भट्टराई

कास्की आदर्श सेवा समाज पोर्चुगलको अध्यक्षमा शक्ति भट्टराई चयन भएका छन्। ‘कस्केलीहरुको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान’ मूल नाराका साथ पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न समाजको चौथो अधिवेशनले भट्टराईको अध्यक्षताका नयाँ कार्यसमिति चयन गरेको हो। २ वर्षे कार्यकालका लागि चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा विशाल आचार्य, शोभा पुरी गिरी र महासचिवमा सबिन पौडेल छन्। त्यसैगरी,…

बेन्जिमालाई ‘युइएफए प्लेयर अफ दी इयर’को अवार्ड

करिम बेन्जिमाले ‘युईएफए प्लेयर अफ दि इयरको अवार्ड’ जितेका छन्। स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड बेन्जिमाले युइएफएले प्रदान गर्ने यो अवार्ड जितेका हुन्। युइएफए च्याम्पियन्स लिग फुटबलमा गत सिजन उत्कृष्ट खेलाडी बन्दै बेन्जिमाले अवार्ड जितेका हुन्। बेन्जिमाले म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र रियलकै थिवाउट कोर्टुवालाई पछि पार्दै अवार्ड जितेका हुन्। महिलातर्फको ‘प्लेयर अफ दी…

च्याम्पियन्स लिग ड्र : बार्सिलोना र बायर्न एकै समूहमा

युरोपियन फुटबल एसोसियसन (युइएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ । युइएफएले बिहीबार नयाँ सिजनको लागि समूह चरणको ड्र सार्वजनिक गरेको हो । युएएफएले निकालेको ड्र अनुसार बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा परेको छ । बार्सिलोना र बायर्न समूह ’सी’ मा परेको हो । यस समूहमा इन्टर मिलान र भिक्टोरिया…